News Portal

  • एनएमबि बैंकको ‘एनएमबि सापटी योजना’ सुरु

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७७
    १२७२ पटक
    १८ कार्तिक, २०७७

    काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी योजना सेवा सुरु गरेको छ । यो योजना आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको छ ।
    जसले कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल बिना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ । उक्त सेवा बैंकसम्म नधाई मोवाइलको प्रयोगबाट नै प्राप्त गर्न सकिन्छ । यो योजना ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपूर्तिको लागि प्रदान गरिने एक छोटो अवधिको धितो विनाको व्यक्तिगत कर्जा हो । एनएमबिमा तलव खाता भएका कर्मचारीहरुलाई १ लाख रुपैयाँसम्म २४ सै घण्टा र सातै दिन तुरुन्त कर्जा उपलब्ध गराइने छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्