News Portal

  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अर्घाखाँचीको एभरेष्ट ओल्ड होटेल र छाँया अस्पतालमा छुट

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०८०
    २८१ पटक
    १२ भदौ, २०८०

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘एभरेष्ट ओल्ड होटेल अर्घाखाँची’ र ‘छाँया अस्पताल’ मा छुट हुने भएको छ ।

    मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको ‘एभरेष्ट ओल्ड होटेल अर्घाखाँची र छाँया अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

    यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले एभरेष्ट ओल्ड होटेल अर्घाखाँची को अकुमुडेसन एन्ड फूडमा र छाँया अस्पताल प्रालि को विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसस नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । ‍

    प्रतिकृया दिनुहोस्