News Portal

  • उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल समूहको उम्मेदवारी दर्ता

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७७
    १९३७ पटक
    १८ कार्तिक, २०७७

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित उनको प्यानलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ११, १२ र १३ गते हुन गइरहेको महासंघको निर्वाचनमा महासंघका वर्तमान उपाध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
    ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाइले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि ढकालले नीजि क्षेत्रका आर्थिक मुद्दा उठाउन साना, मझौला र ठूला उद्योगी व्यवसायीहरु मिलेर अगाडि बढ्ने बताए । सबै प्रकारका व्यवसाय सञ्चालन गरी विदेशी लगानीसमेत प्रवद्र्धन गर्ने उल्लेख गर्दै उनले देश विदेशमा रहेका लाखौं नेपालीहरुका लागि रोजगारी सिर्जना हुने औद्योगित वातावरण सिर्जना गर्ने बताए ।
    ढकाल प्यानलबाट महासंघको केन्द्रीय सदस्यहरुमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जय सिवाकोटी, सुवास भण्डारी, प्रकश सिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ र नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । कोभिडका कारण गत चैतमा हुनुपर्ने महासंघको निर्वाचन स्थगित भएको र स्थगित निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते हुन लागेको हो ।

    प्रतिकृया दिनुहोस्