News Portal

  • हिमालयन बैंकले ल्यायो फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर

    आर्थीकसंसार संवाददाता१० भदौ, २०८०
    २६४ पटक
    १० भदौ, २०८०

    काठमाडौं । हिमालयन बैंकले फन्ड ट्रान्फरमा मोबाइल फोन हातमा अफर ल्याएको छ ।

    हिमालयन बैंकले कनेक्ट आईपीएससंगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफरसार्वजनिक गरेको छ ।

    यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ्ग–एचआईएमबी एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

    सो अफर भाद्र १ गते देखि भाद्र ३१ गतेसम्म लागु हुने बैंकले जनाएको छ । मोबाइल बैकिङ्ग एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता छनोट गरिनेछ । उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

    फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

    एचआईएमबीको फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विचको च्यानल प्ल्याट्फर्म मार्फत हुने गरेको छ र उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्टआईपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन ।

    आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फ १ करोड ४७ लाख भन्दा बढी भुक्तानी भइसकेको बैंकले जनाएको छ । मोबाइल बैंकिङ्ग मार्फत प्रयोगकर्ताहरुले प्रति कारोबार प्रति दिन दुई लाखको मात्र गर्न सक्नेछन् । हिमालयन बैंकको एचएमबी एपमा हाल १७०,००० भन्दा बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्