News Portal

  • गुणस्तरीय र प्रभावकारी उत्पादनमा बिउको भूमिका

    सुशीला थापा, लमजुड. कृषि क्याम्पस
    २६७३ पटक

    भूमिका
    नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र कृषि हो । यसले कुल जनसंख्याको ६६ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ भने यसको कुल ग्राहस्थ उत्पादनमा करिब ३३ प्रतिशत योगदान छ । त्यसैले, सुदृढ राष्ट्रिय अर्थतन्त्र विकासका लागि कृषि क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । कृषिको आधुनिकीकरण र विकासका लागि समयसापेक्ष गुणस्तरीय बिउ र प्रविधिको महत्वपूर्ण स्थान रहेको छ । जुन सरल र कम लागतमा कृषकले पाउन सकून् । कुनै पनि अन्नबालि, तरकारी, फलपूmल वा पशुपालन व्यवसायबाट राम्रो उत्पादन र उत्पादकत्व बृद्धिमा गुणस्तरीय बिउको महत्वपूर्ण भूमिका हुन्छ । कृषि अनुसन्धानले प्रमाणित गरेअनुसार उत्पादनसँग सम्बन्धित अन्य विधिको प्रयोग नगरेपनि गुणस्तरीय बिउको प्रयोगले कम्तीमा २० प्रतिशत उत्पादन बृद्धि गर्न सकिने जनाएको छ । त्यसैले विउ त्यस्तो वस्तु हो, जसको अभावमा यो ब्रह्माण्डमा रहेका जीव र वनस्पतिको अस्तित्व सम्भव छैन । अर्थात बिउ ‘सिड’ त्यस्तो वस्तु हो, जसले एउटा गेडाबाट असंख्य गेडामा बृद्धि भई पृथ्वीमा रहेका जीव र वनस्पतिको प्राण जोगाउन सम्भव छ । त्यतिमात्र होइन, बिउले नै जल र स्थलको इकोसिस्टम प्रणालीलाई सन्तुलित र जीवन्त राख्न सक्छ । बिउ बिजन बिना हामी पृथ्वीमा रहेका कुनै पनि प्राणीको जीवन सम्भव छैन । त्यसैले त बुढापाकाहरुको कहावत पनि छ कि हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु भन्ने । मानिस, अन्न, बालि, तरकारी, फलपूmल या पशुजन्य कुनै पनि प्राणीको अस्तित्व रक्षाका लागि बीउको आवश्यक पर्छ । बिउ बच्यो भने उसले आफ्नो अस्तित्व रक्षा गर्न बढ्न, उन्नति प्रगति गर्न सक्छ । यसर्थ, यस्तो अमूल्य सम्पदाको रुपमा रहेको बिउ बिजनको सुरक्षा र संरक्षण गर्नु हामी सबैको दायित्व हो । कृषकहरुले आ–आफ्नो खेतबारीमा विभिन्न प्रकारका बिउहरुको उत्पादनसँगै बालिहरुको खेती गरी उत्पादन गर्ने काम गर्दछन् । तर उचित बिउ र प्रविधिको संयोजन भएन भने फशल राम्रो हुन सक्दैन । त्यसैले बिउको संरक्षण, यसको उपचार पद्धति र भण्डारणमा बहुतै ध्यान पुर्याउनुपर्दछ । यसका लागि उन्नत प्रविधिको अवलम्बन प्रमुख पाटो रहन्छ । यसर्थ बिउको जातीय शुद्धता र भौतिक शुद्धता, बीउको जीबितपन, उमार शक्ति, चिस्यान, ओजस, यसको तौल, आकार, प्रकार, र बिउको चमकपन कामय राख्न सकियमा सबै प्रकारको उत्पादनमा बढवा ल्याउन र बिउको आयु बढाउन सकिन्छ ।
    बीउको उपचार र भण्डारण
    कुनै पनि अन्नबाली उत्पादनका लागि बीउको महत्वपूर्ण भूमिका हुने कुरा त हामीले माथि नै उल्लेख गरी सक्यौं । तर बिउ संरक्षणका लागि भण्डारणको पनि त्यतिकै महत्व हुन्छ । त्यसैले बिउको गुणस्तर कामय राख्न बाली राम्ररी पाकिसकेपछि सावधानी पूर्वक बीउको कटानी र चुटानीमा ध्यान दिनुपर्छ । त्यसैले जुनसुकै बीउलाई भण्डारण गर्नुअघि ४ दिनसम्म घाममा बीउलाई सुकाउनुपर्छ र बीउको भण्डारण गर्ने कोठाको सरसफाई एवम् बीउ राख्ने भाडोको उचित व्यवस्थापन गर्नुपर्छ । यी सबै प्रक्रियाहरु पूरा भएपछि मात्रै बीउलाई भण्डारण कोठामा लगि भण्डारण गर्नुपर्छ । साथै बीउ भण्डारण कोठा उज्यालो र हावा ओहोरदोहोर हुनसक्ने हुनुपर्छ । यसरी भण्डारण गरिएको बीउमा उमारशक्ति पर्याप्त हुनुपर्छ र यसको नियमित निरीक्षण गरिरहनुपर्छ । साथै बीउमा चिस्यानको मात्रा घटबढ के भइरहेको छ, त्यसको पनि नियमित निरीक्षण गरिरहनुपर्छ । बीउको चिस्यान मात्रा बढेको पाइएमा घाममा पुनः सुकाई चिस्यानलाई सन्तुलित बनाउनुपर्छ । त्यसका लागि आपूmसँग त्यसको ज्ञान छैन भने सम्बन्धित कृषि विशेषज्ञको परामर्श लिएर बीउको उपचार राम्रोसँग गराउनुपर्छ । किनकि बीउको चिस्यान प्रकृति बाली अनुसार फरक फरक हुने भएकाले त्यसतर्फ पनि सचेत हुनुपर्छ । अन्नबालीलाई १३ प्रतिशत चिस्यान कायम राख्नुपर्छ भने तरकारी र तेलहन बालीलाई ७ र ९ प्रतिशत कायम राख्नु राम्रो हुन्छ वा यसका लागि सम्बन्धित कृषि विशेषज्ञको परामर्श लिएर बीउको चिस्यान कामय राख्नु राम्रो हुन्छ । किनकि यसो गरिएन र बीउको चिस्यानमा ध्यान दिइएन भने बीउमा रोग किराले संक्रमण गर्ने हुनसक्छ । यदि रोगी बीउ बिजन लगाउन गएमा बाली नउम्रन, मर्ने, रोग किराले खाने भई बाली उत्पादनमा प्रतिकुल असर पर्छ । त्यसो भएमा किसानको लागत र मेहनत खेर गै ठुलो क्षति हुनसक्छ । त्यतिमात्रै होइन बीउको आयु नै घटन सक्छ । त्यसैले यसबाट जोगाउन र उत्पादन बढाउन बीउको उचित संरक्षण, सम्बद्र्धन, गुणस्तर र भण्डारणमा ध्यान दिन जरुरी छ । कतिपय बीउलाई सहजै उमार्न सकिन्छ भने कतिपयलाई अन्य जातबाट पनि क्रस गरेर उत्पादन गर्न सकिन्छ तर यसका लागि सम्बन्धित विशेषज्ञको सहयोग आबश्यक पर्छ । यसतर्फ भने किसान आफै जागरुक बन्नु आबश्यक छ ।

    प्रतिकृया दिनुहोस्