News Portal

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता७ भदौ, २०८०
    २३७ पटक
    ७ भदौ, २०८०

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी पृथ्वी बहादुर पाँडेको नाममा रहेको ६७ हजार ४८१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    शेयरको न्यूनतम मुल्य २०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति भदौ ६ गतेले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

    साथै, तोकिएको अवधि भित्र शेयर खरीद गर्न कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम सर्वसाधारणका लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।
    प्रतिकृया दिनुहोस्