काठमाडौं । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर सम्पन्न भएको छ । यी दुई लघुवित्त मर्जर भएर राष्ट्रिय स्तरको वित्तीय संस्था बनेको छ । दाङ जिल्लाको घोराहीमा केन्द्रीय कार्यालय रहेर सेवा प्रवाह गरिरहेको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र पोखरा कास्कीमा केन्द्रीय कार्यालय रहेको जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर भएको हो ।
नेपाल राष्ट्र बैंकले दुई लघुवित्तको मर्जरको अन्तिम स्वीकृतिपत्र प्रदान गरेको छ । मर्जरसँगै लघुवित्तको नाम जाल्पा सामुदायिक सघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ । मर्जरसँगै घ वर्गको राष्ट्रिय स्तरको कारोबार हुने छ । मर्जरसँगै लघुवित्तको केन्द्रीय कार्यालय बुटलमा रहने छ भने क्षेत्रीय कार्यालय दाङ र पोखरामा रहने महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी निर्देशक विमला योगीले बताउनुभयो । महिला सामुदायिक र जाल्पा लघुवित्तको मर्जरसँगै ५७ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गर्ने छ । यी दुवै लघुवित्तको लगानीमा रहिरहेको ऋण रकम ३ अर्ब २२ करोड र बचत २ अर्ब रहेको छ ।
राष्ट्रिय स्तरको घ वर्गको लघुवित्त वित्तीय संस्था बनेसँगै सदस्यहरुलाई प्रवाह गर्ने सदस्यहरुलाई प्रदान हुने सेवामा पनि विस्तार हुने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी निर्देशक विमला योगीको विश्वास रहेको छ । यसका साथै ट्याब्लेट बैंकिङ, एसएमएस बैंकिङ, वित्तीय साक्षरता, सदस्यहरुको उद्यमशीलता प्रवद्र्धन सेवाहरुको पनि विस्तार गरिने योगीले बताउनु भयो ।
महिला सामुदायिक र जाल्पा लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्पन्न
आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७७
१७ कार्तिक, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान