News Portal

  • कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता६ मंसिर, २०८१
    ३०३ पटक
    ६ मंसिर, २०८१

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकका शेयरधनीलाइै प्राथमिकता दिनुपर्ने नियम अनुसार बैंकले संस्थापक शेयरधनीहरुलाई बिक्री गर्ने गरी केही शेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता शेयर बिक्री खुला गरेको हो।

    उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भइको मितिले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ। बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगालमा सो निवेदन बुझाउनु पर्नेछ। शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने जनाइएको छ ।

    बैंकले तोकेको सो समयभित्र बैंकका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकको भनाई छ ।
    प्रतिकृया दिनुहोस्