News Portal

  • एनएमबि लघुवित्तको धितोपत्र संरचना परिवर्तन, अब संस्थापक र सर्वसाधारणको स्वामित्व कति ?

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०८१
    २८२ पटक
    ५ मंसिर, २०८१

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले संस्थापक र सर्वसाधारणको धितोपत्र संरचना परिवर्तन गरेको छ। संस्थाले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गरेको हो।

    संस्थाले शेयर स्वामित्व परिवर्तन गर्दै संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व कायम गरेको छ। यसअघि संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको थियो।

    शेयर संरचना परिवर्तन गर्न संस्थाले संस्थापक समूहको १० प्रतिशत शेयर सर्वसाधारणमा परिणत गरेको छ।

    परिवर्तन संरचनाअनुसार अब संस्थामा संस्थापक समूहको ४३ लाख २८ हजार ६९५.०४ कित्ता र सर्वसाधारण समूहको २८ लाख ८५ हजार ७९६.४४ कित्ता शेयर स्वामित्व रहेको छ।

    प्रतिकृया दिनुहोस्