News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकले सुलभ ब्याजदरमै ५० लाखसम्मको शेयर लोन दिने

    आर्थीकसंसार संवाददाता६ भदौ, २०८०
    २११ पटक
    ६ भदौ, २०८०

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुलभ ब्याजदरमै शेयर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ११ दशमलव ९४ प्रतिशत ब्याजदरमै शेयर लोन उपलब्ध गराउने भएको हो ।

    सहज प्रक्रिया र प्रतिस्पर्धी ब्याजदरमै ग्राहक शेयर लोन उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई ५० लाख सम्म शेयर लोन उपलब्ध गराइने जनाएको छ । लोन प्रक्रियाका लागि सेवा शुल्क ० दशमलव ७५ प्रतिशत लाग्ने पनि बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्