News Portal

  • सनराइज बैंकद्वारा तीन शाखा सञ्चालनमा

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७७
    २२७२ पटक
    १७ कार्तिक, २०७७

    काठमाडौं । सनराइज बैंकले एकैदिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा गरी तीनवटा शाखा कार्तिक १७ गतेदेखि सञ्चालनमा ल्याएको हो ।
    नयाँ शाखा विस्तारसँगै बैंकको १३९ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्