काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न हुन गइरहेको निर्वाचनमा किशोर प्रधानले छुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका हुन् । देशैभरीबाट चयन भएका कार्यकारिणी समितिका सदस्यहरुको मतदानमार्फत वरिष्ठ उपाध्यक्ष चयन हुनेछ ।
सोमबार राजधानीका पत्रकार सम्मेलन गर्दै प्रधान समूहले महासंघको कार्यालय टेकु पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । पत्रकार सम्मेलनमा आगामी निर्वाचनपछि स्वतः अध्यक्ष बन्दै गरेका र हालका उपाध्यक्ष शेखर गोल्छासमेत सहभागी छन् । पूर्व अध्यक्ष कुशकुमार जोशीको समर्थनमा वरिष्ठ अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका प्रधानले वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतिलाई आधिकारिक उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेका हुन् । यसअघि गत कार्तिक ४ गते नै अर्का प्रत्यासी चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिइसकेका छन् ।
किशोर प्रधानले उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता
आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७७
१७ कार्तिक, २०७७- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- नेरूडे मिर्मिरे लघुवित्तद्वारा बीमा वापत ५ लाख ७१ हजार भुक्तानी