काठमाडौं । प्रभु क्यापिटलले टोटल फिजिकल फिटनेस सेन्टरसँग सम्झौता गरेको छ। क्यापिटलले डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकको शारीरिक व्यायममा केही छुटको व्यवस्थाका लागि सम्झौता गरेको हो ।
गत साउन ३१ गते सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र टोटल फिजिकल फिटनेस सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका छन्।
यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्षसम्म लिन सक्नेछन्।काठमाण्डौको नयाँबानेश्वरमा रहेको टोटल फिजिकल फिटनेस सेन्टर अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ। यस फिटनेस सेन्टरमा फ्लेक्स र टोन, तौल घटाउने, को–एड बक्सिङ, बर्न्स र एब्स, स्पिनिङ, किक बक्सिङ, स्टेप एन्ड टोन, कार्डियो, जुम्बा, योग र जिम जस्ता विभिन्न उपकरण छन्। उक्त फिटनेस सेन्टरमा भर्ना भएपश्चात सुरुमा ७ दिनको प्रशिक्षण कार्यक्रम सञ्चालन हुने र अन्य दिनमा समेत प्रशिक्षकको निगरानीमा सम्पूर्ण व्यायमहरु गर्न पाइनेछ।
खानपानमा समेत ध्यान दिँदै फिटनेस सेन्टरमा डायटिसियनको पनि व्यवस्था रहेको क्यापिटलले जनाएको छ। प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ।