News Portal

  • नबिल बैंकको ब्याजदर सार्वजनिक

    आर्थीकसंसार संवाददाता३२ साउन, २०८०
    १८२ पटक
    ३२ साउन, २०८०

    काठमाडौं । नबिल बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर स्थिर राखेको हो ।

    बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले रेमिटेन्स बचतमा भने ८.९० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा पनि सोही ब्याजदर कायम थियो ।

    यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशत र ब्यक्तिगततर्फ ९.४९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंककाअनुसार रेमिट्यान्स खातामा भने १०.४९ प्रतिशतदेखि ११.४९प्रतिशतसम्म ब्याजदर तोकिएको छ । साउनमा पनि सोही ब्याज कायम थियो ।

    बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ । बैंकको आधार दर ९.५२ प्रतिशत र स्प्रेड दर ४.९९ प्रतिशत छ ।

    प्रतिकृया दिनुहोस्