News Portal

  • माछापुच्छ्रे बैंकको एटीएम फोड्ने युवा पक्राउ

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७७
    १३१६ पटक
    १७ कार्तिक, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फोड्ने युवा पक्राउ परेको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बानेश्वर बस्ने कैलाली टीकापुर घर भएका १८ वर्षीय प्रज्वल खाण हुन् । एटीएम मेसिन फोडिरहेको अवस्थामा प्रहरीले खाणलाई आइतबार राति पक्राउ गरेको हो ।
    एटीएम फोडदै गरेको अवस्थामा खाणलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ । पक्राउ परेका खाणलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्