News Portal

  • एनआईसी एशिया क्यापिटलको एजिएम आज हुँदै, ४६% लाभांश पारित गर्ने

    आर्थीकसंसार संवाददाता३२ साउन, २०८०
    १९५ पटक
    ३२ साउन, २०८०

    काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज साधारण सभा गर्दैछ । कपनीको उक्त सभाले ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा एनआइसी एशिया क्यापिटलको रजिष्ट्रर कार्यालय थापाथलीमा गर्ने जनाएको छ । क्यापिटलको साउन ९ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गर्न सभाको मिति तय गरेको हो ।

    उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९ /०८०  को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४६ प्रतिशत (कर सहित) का दरले हुन आउने  ९ ,२०,००,०००  नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुने क्यापिटलले जनाएको छ ।*

    प्रतिकृया दिनुहोस्