News Portal

  • कुमारी बैंकको फोनलोन कर्जा सुविधा

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७७
    १५६२ पटक
    १६ कार्तिक, २०७७

    काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहक महानुभावहरुको लागि फोनलोन नामक नयाँ कर्जा सुविधा ल्याएको छ । बैंकले आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
    कुमारी बैंकमा विभिन्न तलब खाता सञ्चालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम रु. १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिन्छ भने कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने छैन भने कुनै निवेदन दिन र कानुनी कागजात गरिरहनु नपर्ने भएको छ ।
    ग्राहक महानुभावहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको जनाएको छ । हाल बैंकको १८४ शाखा सञ्जाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्