News Portal

  • आइएमई लाइफको जगेडा कोष २४९ प्रतिशत बढ्यो, नाफा २४ करोड रुपैयाँ

    आर्थीकसंसार संवाददाता३० साउन, २०८०
    २५० पटक
    ३० साउन, २०८०

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २४ करोड ८ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ८६ लाख ५६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८७ प्रतिशत नाफा बढाएको हो ।

    गत असारसम्म कम्पनीको खुद बीमा शुल्क १६.४८ प्रतिशत बढेर ४ अर्ब १ करोड ६५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

    कम्पनीको खुद दाबी भुक्तानी २१.७४ प्रतिशत बढेर १ अर्ब ६ करोड ७६ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८७ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १८५.७१ प्रतिशत बढेर ४ अर्ब रुपैयाँ, जगेडा कोष २४९.३६ प्रतिशत बढेर २ अर्ब ७१ करोड ३८ लाख रुपैयाँ र जीवन बीमा कोष ४३.२५ प्रतिशत बढेर ६ अर्ब ७५ करोड १५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६.०२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१.०५ रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्