News Portal

  • शिखर इन्स्योरेन्सको उत्साहजनक प्रगति, नाफा ४६.५६ प्रतिशत बढ्दा ईपीएस १५.१९ रुपैयाँ

    आर्थीकसंसार संवाददाता३० साउन, २०८०
    १९९ पटक
    ३० साउन, २०८०

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ४६.५६ प्रतिशत बढेर ४० करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

    गत वर्षको असारसम्म इन्स्योरेन्सको खुद बीमा शुल्क २५ प्रतिशत बढेर १ अर्ब ५९ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २७ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

    गत वर्षमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी १.७६ प्रतिशत बढेर १ अर्ब ५ करोड ९० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४ करोड ७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    गत असारसम्म कम्पनीले २९ हजार २३५ जनाले कुल २ अर्ब ७७ करोड २५ लाख रुपैयाँ बराबरको दाबी गरेका थिए । जसमध्ये कम्पनीले हालसम्ममा १२ हजार २८ जनाको १ अर्ब ८८ करोड २६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

    समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी १६.१४ प्रतिशत बढेर २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ, जगेडा कोष २३.९० प्रतिशत घटेर ५९ करोड ६९ लाख रुपैयाँ, बीमा कोष १५ प्रतिशत बढेर १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ र महाविपत्ती कोष १६ प्रतिशत बढेर १४ करोड ५८ लाख रुपैयाँ सञ्चित छ ।

    नफा बढेसँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३.१५ रुपैयाँ बढेर १५.१९ रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५५.६४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८५.८९ रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्