आर्थीकसंसार संवाददाता२९ साउन, २०८०
२९ साउन, २०८०काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले आज ५ बजे, काजीको किचेन बत्तीसपुतलि काठमाडौंमा आइपीओ बाँडफाँड गरेको हो ।
कम्पनीको आइपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख १७ हजार ८५० कित्ता शेयरको लागि आवेदन परेको छ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण भएको छ ।
कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइ बाँडफाँड भइसकेको छ ।