News Portal

  • सानिमा जिआईसी इन्स्योरेन्सको सञ्चालकमा अनलराज भट्टराई नियुक्त

    आर्थीकसंसार संवाददाता२९ साउन, २०८०
    १७७ पटक
    २९ साउन, २०८०

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको सञ्चालकमा डा. अनलराज भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको साउन २८ गते बसेको बैठकले डा. भट्टराईलाई सञ्चालकमा नियुक्त गरेको कम्पनी सचिव सुबोध लाल श्रेष्ठले जानकारी दिए ।

    कम्पनीका अनुसार भट्टराईलाई आगामी ४ वर्षका लागि सञ्चालक पदमा नियुक्त गरिएको हो । उनले कम्पनीमा स्वतन्त्र सञ्चालकको प्रतिनिधित्व गर्नेछन् ।

    कम्पनी ऐन, २०६३ को दफा ८६ को उपदफा ३, बीमा ऐन, २०७९ को दफा ४९ को उपदफा २ तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० को दफा ६ बमोजिम भट्टराईलाई नियुक्त गरिएको हो । भट्टराई काठमाडौं महानगरपालिका १६ बालाजुका स्थानीय हुन् ।

    प्रतिकृया दिनुहोस्