News Portal

  • एशियन लाइफको चाबहिल शाखाद्धारा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ साउन, २०८०
    १७२ पटक
    २९ साउन, २०८०

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चाबहिल शाखा कार्यालयले क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको शाखा कार्यालयले एक दिने तालिम काठमाडौं फुड क्याफे चुचेपाटीमा सम्पन्न गरेको हो ।
    उक्त तालिम कार्यक्रममा प्रमुख प्रशिक्षक कम्पनीका प्रमुख नायब अधिकृत, तालिम विभागका प्रमुख मुरारी राज हुमगाई र चाबहिल शाखा प्रबन्धक अशोकराज गिरी रहेका थिए । उक्त तालिममा ५३ जना अभिकर्ताहरु, ६ जना कर्मचारीहरुको उपस्थिती रहेको छ ।
    तालिममा हाल कम्पनीको नयाँ बीमा योजना, वर्तमान अवस्था, बजार रणनीति,व्यवसायमा सफलता हासिल कसरी गर्ने, लगायतका विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो ।
    उक्त तालिमपछि सहभागीहरुमा उत्साह थपिएको र केही नयाँ उपायहरु सिकेको र सबैले अब आउदो दिनमा बीमा जसरी पनि ल्याउने प्रतिबद्धता व्यक्त गर्दै साउन र भाद्र महिनाको मासिक लक्ष्य पनि स्वत स्र्फुत रुपमा तय गरी घोषणा लिखित रुपमा शाखालाई हस्तान्तरण गरेका छन् ।
    उक्त तालिममा पत्रकार, वकिल, विद्यार्थी, प्रहरी, सरकारी कर्मचारी, विद्यालय शिक्षक, नेता लगायतको बाक्लो उपस्थिती रहेको थियो ।कम्पनीले यस अघि पनि आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्नका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनमा पनि यस्तो खालका कार्यक्रमहरु गर्ने शाखा प्रबन्धक गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्