News Portal

  • नेपाल बैंकको तीन महिनामै ५५ करोड नाफा

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७७
    १२२० पटक
    १६ कार्तिक, २०७७

    काठमाडौं । नेपाल बैंकले तीन महिनामै ५५ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५५ करोड ४ लाख रुपैयाँ नाफा गरेको हो । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४० प्रतिशतले घटी हो । बैंकले गत आवको सोही अवधिमा ५८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
    नाफामा कमी आए पनि बैंकको खुद व्याज आम्दानीमा भने वृद्धि भएको छ । गत आवको असोज मसान्तमा एक अर्ब ३२ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा एक अर्ब ४८ करोड रुपैयाँ आम्दानी आर्जन गर्न सफल भएको छ । जुन साढे ११ प्रतिशतले बढी हो ।
    ११ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ६९ करोड रुपैयाँ सञ्चित रहेको छ । हालसम्म बैंकले एक खर्ब ४५अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । जुन गत आवको तुलनामा क्रमशः ३ अर्ब ३५ करोड र २ अर्ब ४५ करोड रुपैयाँ बढी हो । नेपाल बैंकको खराब कर्जा बढेर ३.०२ प्रतिशतमा पुगेको छ । सिडी रेसियो घटेर ६६.५४ प्रतिशतमा झरेको छ । बैंकको क्यापिटल एडेक्वेसी १७.०३ प्रतिशत छ भने एनपीएल बढेर ११२.७७ प्रतिशतमा पुगेको छ । त्यस्तै, बेस रेट घटेर ६.८१ प्रतिशतमा झरेको छ । प्रतिसेयर आम्दानी १९.५१ रुपैयाँ भएको यस बैंकको सेयर मूल्य प्रतिसेयर ३२४ रुपैयाँमा कारोबार भइरहेको कुरा बैंकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्