काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आइपीओमा साढे १५ लाख बढीको आवेदन परेको छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार १५ लाख ५३ हजार ९५६ आवेदकबाट १ करोड ८३ लाख ११ हजार ४७० कित्ता शेयरको लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि ९६ लाख कित्ता आइपीओ विक्री गरेको हो ।
यस हिसावमा ५ लाख ९३ हजार ९५६ जनाले शेयर नपाउने भएका छन् । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । योग्य आवेदकबाट ९ लाख ६० हजारले आइपीओ १० कित्ताका दरले हात पार्नेछन् ।
त्यसैगरी, कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँका दरले) छुट्याइएको छ।
आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।