News Portal

  • एडीबीद्वारा लक्ष्मी बैंकलाई २०२० का लागि नेपालको अग्रणी पार्टनर बैंकको मान्यता

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७७
    १०२१ पटक
    १६ कार्तिक, २०७७

    काठमाडौं । एसियाली विकास बैंकद्वारा लक्ष्मी बैंकलाई २०२० का लागि नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिएको छ ।
    एशियाली विकास बैंकको टीएससीएफपीद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ ।
    ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋणमार्फत बजारमा रहेका कठिनाई अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ । एडीबी व्यापार वित्त कार्यक्रम घोषणाअनुसार लक्ष्मी बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा टीएससीएफपीसंग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

    प्रतिकृया दिनुहोस्