News Portal

  • एनएमबि बैंकबाट रिलायबल नेपाल लाइफको आइपीओ निःशुल्क भर्न पाइने

    आर्थीकसंसार संवाददाता२३ साउन,२०८०
    १८० पटक
    २३ साउन,२०८०

    काठमाडौं । एनएमबि बैंकबाट रिलायबल नेपाल लाइफको आइपीओ भर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । बैंकले सर्वसाधारण ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरेको हो । बैंकका ग्राहकले आस्वा प्रणाली वा मेरो शेयरबाट आवेदन दिदा शुल्क नलाग्ने बैंकले जनाएको छ । सामान्यता बैंकहरुले प्राथमिक शेयरमा आवेदन दिँदा ५ रुपैयाँ आश्वा शुल्क लिँदै आएका छन् ।

    यस्ता छन् विषेषताहरु
    एनएमबि बैंकको कुनै पनि खाताबाट निःशुल्क भर्न पाउने, यस्तो सुविधा २४ घण्टा पाइने, बैंकिङ प्रणालीबाट बैंकका ग्राहकले आफू लगायत परिवारजनको डिम्याट तथा मेरो शेयर खाता २४ कार्यघण्टा भित्रै खोल्न सकिने, बैंकका ग्राहकले घरमै बसी अनलाइनबाट शेयर कारोबार गर्न सक्ने लगायतका सुविधाको व्यवस्था गरेको बैंकले जनाएको छ ।
    रिलायबल नेपाल लाइफले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँडपछि आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

    प्रतिकृया दिनुहोस्