काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत वर्ष ५ अर्ब रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन अनुसार बैंकले गत असारसम्म खुद नाफा १४.५६ प्रतिशत बढेर ४ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड २८ लाख रुपैयाँ रहेको छ ।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब २९ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको चक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ र जगेडा कोष ३६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ३ खर्ब २१ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३० अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष बैंकको खराब कर्जा २.०९ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब रुपैयाँ, जगेडा कोष साढे ३६ अर्ब पुग्यो
आर्थीकसंसार संवाददाता२१ साउन, २०८०
२१ साउन, २०८०- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम