News Portal

  • समृद्धि फाइनान्सको ५ शाखाले गर्यो बृक्षारोपण कार्यक्रम

    आर्थीकसंसार संवाददाता२० साउन, २०८०
    १५० पटक
    २० साउन, २०८०

    काठमाडौं । समृद्घि फाइनान्सको इटहरी, गैर, औराही र बुटवल शा तथा पुतलिसडक शाखाबाट बृक्षारोपण कार्यक्रम समापन गरेको छ । गत हप्ताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम श्रावण महिना भित्र सम्पुर्ण शाखाहरुबाट सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।
    साथै कम्पनीले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये श्रावणमहिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा बृक्षारोपणको सुरुवात गरेको र आर्थिक बर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सम्पुर्ण १३ वटै शाखाहरु बाट बिभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।
    नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्