News Portal

  • सिद्धार्थ बैंकको क्रेडिट कार्डको लागि अब घरबाटै आवेदन दिन सकिने

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७७
    २०३७ पटक
    १४ कार्तिक, २०७७

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहक महानुभावहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७७ कार्तिक १३ गतेदेखि अनलाईनमार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
    क्रेडिट कार्डका लागि ग्राहक महानुभावहरुले भौतिक रुपमा बैंकसम्म नपुगी घरैबाट क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत आवेदन दिनसक्ने व्यवस्था गरेको छ । साथै, कार्ड तयार भइसकेपश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्ने व्यवस्था गरेको छ । बैंकिङ्ग प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्