आर्थीकसंसार संवाददाता१२ मंसिर, २०८१
१२ मंसिर, २०८१काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कल्याण बिक्रम पाण्डे नियुक्त भएका छन् । मंसिर ६ गते बसेको संस्थाको १६३ औं सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको संस्थाले जनाएको छ ।
यस अघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्रतिनिधि सुमित बाबु खत्री संस्थापक संस्था सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट अलग भएकोले सञ्चालकमा बस्न पाउदैनन् ।
यस्तै, सोही बैठकले सुमन मुलेपतीलाई पनि संचालकमा नियुक्ति गरेको छ । उनी संस्थापक सेयरधनी सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको प्रतिनिधित्व गर्दै संचालकमा नियुक्त भएका हुन् । संचालक मुलेपती सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत हुन् ।