News Portal

  • नबिल बैंकको नाफा साढे ७ अर्ब माथि, प्रतिशेयर आम्दानी कति?

    आर्थीकसंसार संवाददाता२० साउन, २०८०
    १५१ पटक
    २० साउन, २०८०

    काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा ७६ दशमलव ८६ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
    बैंकको खुद ब्याज आम्दानी १०१ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा ८ अर्ब ९१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १७ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । संचालन नाफा ७५ दशमलव ३७ प्रतिशतले वृद्धि हुँदै ११ अर्ब ०१ करोड रुपैयाँ पुगेको छ ।
    कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड रहेको छ । यसको आधारमा कम्पनीको प्रति शेयर वितरणयोग्य नाफा (लाभांश क्षमता) १४ रुपैयाँ ६४ पैसा रहेको छ ।
    २७ अर्ब ०५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा २७ अर्ब ०७ करोड रुपैयाँ र रिटेण्ड अर्निंङ्गमा ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको प्रति शेयर आम्दानी २७ रुपैयाँ ८२ पैसा र प्रति शेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा रहेको छ ।
    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म निक्षेप संकलन २१ दशमलव ६५ प्रतिशतले वृद्धि हुँदै ३ खर्ब ९६ अर्ब पुगेको छ भने कर्जा प्रवाह १० दशमलव ८२ प्रतिशतले वृद्धि हुँदै ३ खर्ब ३२ अर्ब पुगेको छ ।

    प्रतिकृया दिनुहोस्