News Portal

  • ग्लोबल आइएमई बैंकको नाफा ७ अर्ब माथि, लाभांश क्षमता कति ?

    आर्थीकसंसार संवाददाता२० साउन, २०८०
    ११७ पटक
    २० साउन, २०८०

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा ४६ दशमलव २६ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
    बैंकको खुद ब्याज आम्दानी ६६ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा १० अर्ब २८ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । संचालन नाफा ४४ दशमलव २६ प्रतिशतले वृद्धि हुँदै १० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
    कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड रहेको छ । यसको आधारमा कम्पनीको प्रति शेयर वितरणयोग्य नाफा (लाभांश क्षमता) ८ रुपैयाँ २७ पैसा रहेको छ ।
    कम्पनीको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष १ दशमलव २८ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा ३ दशमलव ०८ प्रतिशत रहेको छ ।
    ३५ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा १९ अर्ब ९५ करोड रुपैयाँ र रिटेण्ड अर्निंङ्गमा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको प्रति शेयर आम्दानी २० रुपैयाँ ७७ पैसा र प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ ०५ पैसा रहेको छ ।
    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म निक्षेप संकलन ५३ दशमलव ९३ प्रतिशतले वृद्धि हुँदै ४ खर्ब २६ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३८ दशमलव ०९ प्रतिशतले वृद्धि हुँदै ३ खर्ब ५६ अर्ब पुगेको छ ।

    प्रतिकृया दिनुहोस्