काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा बढेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १६ दशमलव ७० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४० दशमलव ६१ प्रतिशतले बढेको छ यस अवधिमा बैंकको सञ्चालन मुनाफा २१ दशमलव १९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ।
१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ सञ्चित रहेको छ। यस अवधिमा बैंकको निक्षेप २४ दशमलव ७२ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको कर्जा लगानी ४ दशमलव ३२ प्रतिशतले बढेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा बढेर २३ रुपैयाँ २२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १० दशमलव ७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा रहेको छ।
नेपाल बैंकको खुद नाफा १६ प्रतिशतले बढ्दा वितरणयोग्य मुनाफा कति ?
आर्थीकसंसार संवाददाता२० साउन, २०८०
२० साउन, २०८०- रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा विस्तार
- सिटिजन्स बैंक र बाईकर्स क्याफेबीच समझदारी
- लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई दियो २ लाख ४५ हजार
- गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा छुट
- लक्ष्मी सनराइज बैंकको अगुवाईमा घुन्सा खोला जलविद्युत्का लागि जुट्यो लगानी
- डाटा गोपनीयता दिवसको अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीद्वारा प्रतिज्ञा
- चन्द्रागिरी हिल्समा सूर्यज्योति लाइफका एमडिआरटी अभिकर्ताको भव्य सम्मान्
- राष्ट्रिय सहकारी बैंकले ‘कोर बैंकिङ सफ्टवेयर’ सञ्चालनमा ल्याउँदै, बैंकिङ कारोबार ४ दिन बन्द
- हिमालयन लाइफले डाक्यो वार्षिक साधारणसभा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी ?
- सन नेपाल लाइफको देशैभरिका कार्यालयमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम