News Portal

  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता१८ साउन, २०८०
    १६१ पटक
    १८ साउन, २०८०

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक तर्फको ३ लाख ७६ हजार २०८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।
    शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
    बैंकले तोकिएको यस अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्