News Portal

  • कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फण्डबीच व्यावसायिक ऋण सम्झौता

    आर्थीकसंसार संवाददाता१७ साउन, २०८०
    १९४ पटक
    १७ साउन, २०८०

    काठमाडौं । कुमारी बैंक लिमिटेड र युरोपियन मुलुक लिक्थन्स्टाइनको इएमएफ माइक्रोफाइनान्स फण्डबीच व्यावसायिक ऋण सम्झौता भएको छ ।
    इएमएफ माइक्रोफाइनान्स फण्डसँगको सहकार्यमार्फत कुमारी बैंकले साना तथा मझौला क्षेत्रलाई कर्जा पहुँचका साथै सशक्तिकरण गर्ने लक्ष्य राखेको बताएको छ ।
    कुमारी बैंकले महिला सशक्तिकरण ऋण र महिला स्वामित्व भएका साना तथा मझौला व्यवसायलाई सहयोग गर्ने बताएको छ ।
    २२ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकको ३०४ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०७ एटफएम तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई रहेको छ ।

    प्रतिकृया दिनुहोस्