News Portal

  • कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सञ्चालन हुने

    आर्थीकसंसार संवाददाता
    १६७६ पटक

    काठमाडौ । कोरोना संक्रमणका कारण रोकिएको कक्षा १२ को परीक्षा आउने मंसिर ९ गतेबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षासम्बन्धी समय तालिका सार्वजनिक गरेको छ । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा सञ्चालन हुने भएको छ । वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो । स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ । बिदाका दिन शनिबार पनि परीक्षा सञ्चालन गरेर मंसिर १६ गते सक्ने जनाएको छ ।

    वार्षिक परीक्षा तालिका-

    प्रतिकृया दिनुहोस्