काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा साढे ५ अर्ब रुपैयाँ कमाएकाे छ । बैंक स्रोतका अनुसार गत असारसम्म बैंकले ५ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
यद्यपि, बैंकले सार्वजनिक गर्ने वित्तीय विवरणमा सो नाफा घटेर आउनेछ । स्रोतका अनुसार बैंकले आर्जन गरेको नाफाबाट प्रोभिजन, सञ्चालन खर्च, कर्मचारीको बोनस, कर लगायतको रकम छुट्याउन बाँकी छ । यदि सो रकम छुट्यायो भने बैंकको खुद नाफा पौने ३ अर्बको हाराहारीमा हुने स्रोतको भनाइ छ ।
गत असारसम्म बैंकको खराब कर्जा भने घट्ने बैंक स्रोतको दाबी छ । उनका अनुसार ३ प्रतिशतको हाराहारीमा खराब कर्जा झर्नेछ । गत चैत मसान्तसम्म बैंकको खराब कर्जा ३.४८ प्रतिशत थियो भने अघिल्लो वर्षको सोही अवधिमा २.७९ प्रतिशत थियो ।
समीक्षा अवधिमा बैंकले २ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४१ अर्ब रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंक (साविक सेञ्चुरी बैंकसहित)ले २ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
साढे ५ अर्ब कमाएको प्रभु बैंकको नाफा पौने ३ अर्ब
आर्थीकसंसार संवाददाता१६ साउन, २०८०
१६ साउन, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान