News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई क्याफे र रेष्टुरेन्टमा छुट दिनेबारे सम्झौता

    आर्थीकसंसार संवाददाता१०, साउन, २०८०
    २४२ पटक
    १०, साउन, २०८०

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको कार्ड बाहक ग्राहकलाई क्याफे र रेष्टुरेन्टमा छुट सुविधा दिनेबारे सझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    टङ्गालस्थित अप्रिकस क्याफे र ठमेल मोमोतारू रेस्टुरेन्टमा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    अब सिटिजन्स बैंकका कार्डबाहकहरुले अप्रिकस क्याफेमा ५ प्रतिशत र मोमोतारू रेस्टुरेन्टका ठमेल, सानेपा र लेकसाइड पोखरा आउटलेटमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।
    यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको सिटिजन्स बैंक इन्टरनेसनले बताएको छ ।
    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउने गरेको बताएको छ ।

    प्रतिकृया दिनुहोस्