News Portal

  • इन्भेष्टर क्लबद्वारा कैलाशधाम तीर्थस्थललाई ५० हजार आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७७
    १६६० पटक
    १४ कार्तिक, २०७७

    काठमाडौं । लम्की, कैलालीमा निर्माणाधीन कैलाशधाम तीर्थस्थललाई इन्भेष्टर क्लबले रु. ५० हजार आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमका बीच कैलाशधाम तीर्थस्थल निर्माण कमिटीका अध्यक्ष लक्ष्मीराम रिमाललाई हस्तान्तरण गरिएको हो ।
    धार्मिक तथा साँस्कृतिक हिसाबले महत्वपूर्ण मानिएको यस निर्माणाधीन तीर्थस्थलमा भक्तजनको उपस्थिति एवम् सहभागिता आगामी दिनहरुमा उल्लेखनीय रहने विश्वास समितिले लिइएको छ । साथै, मन्दिर निर्माण कमिटीले पनि भक्तजन, दाता, सहयोगी मन र विभिन्न संघसंस्थाहरुबाट पनि यस किसिमको धार्मिक कार्यको लागि आर्थिक सहयोगको आउने दिनहरुमा पाइने आशासमेत राखेको छ ।
    इन्भेष्टर क्लब एक सामाजिक सञ्जाल फेसबुक ग्रुप हो । जुन ग्रुप शेयर बजारमा अद्भूत ज्ञान भएका व्यक्तित्वहरुको सहभागिता रहेको ग्रुप हो । यस ग्रुपले यस किसिमका सामाजिक उत्तरदायित्वको कार्यसँगै शेयरबजारका बारेमा जानकारी दिने, सुरक्षित लगानी कसरी गर्ने, जोखिम कसरी व्यवस्थापन गर्ने र एक सफल लगानीकर्ता कसरी बन्ने भन्ने बारेमा तालिम गराउने उद्देश्यसमेत लिएको छ ।

    प्रतिकृया दिनुहोस्