News Portal

  • सांग्रिला बैंक स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता१३ कार्तिक, २०७७
    १२३१ पटक
    १३ कार्तिक, २०७७

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक आफ्नो स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गरेको छ ।
    बैंक १७औं वर्ष प्रवेश गरेको अवसरमा बैंकले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजानेलगायत नवीनतम योजनाका साथ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छं । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले आगामी दिनमा १६औं वर्षसम्म आइपुग्नको लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंकको देशभर सातवटै प्रदेशमा ९२ शाखा सञ्जाल तथा ३० एटीएम साथ सञ्चालनमा रहेको छ ।

    प्रतिकृया दिनुहोस्