News Portal

  • सेयरधितो कर्जा, घरजग्गा र हायर पर्चेजको जोखिमभार कतिले घट्यो ?

    आर्थीकसंसार संवाददाता७ साउन, २०८०
    २०१ पटक
    ७ साउन, २०८०

    काठमाडौं । नेपाल राष्ट बैंकले सेयरधितो, घरजग्गा र हायर पर्चेज कर्जाको व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै यस्तो घोषणा गरेको हो ।
    ‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ,’ माौद्रिक नीतिमा भनिएको छ ।
    निजी क्षेत्रले घरजग्गा, सवारी तथा सेयर धितो कर्जाको जोखिमभारलाई १५० प्रतिशतबाट ७५ प्रतिशतमै झार्नुपर्ने सुुझाव दिएका थिए ।
    राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जा लगायत तीन वटा जोखिम भार २५ लाखसम्मको १ सय र त्यो भन्दा बढिको मा १५० प्रतिशत रहेकोमा अब ५० लाखसम्मको कर्जामा १ सय प्रतिशत जोखिम भार कायम गर्ने बताए । उनका अनुसार घरजग्गाको कर्जामा १ सय प्रतिशत जोखिम भार कायम हुने बताए । यस्तै, अटोलोनको जोखिम भार पनि घटेको छ ।

    प्रतिकृया दिनुहोस्