News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा सञ्चालनमा

    आर्थीकसंसार संवाददाता१३ कार्तिक, २०७७
    १२५० पटक
    १३ कार्तिक, २०७७

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुलुकभरी आफ्नो शाखा विस्तारलाई तीव्र रुपमा विस्तार गरिरहेको छ । यसैक्रममा बैंकले आफ्नो उपस्थितिलाई थप दरिलो र बलियो बनाउने उद्देश्यका साथ बैंकले काठमाडौंको मुटु असनमा असन शाखा सञ्चालनमा ल्याएको छ । सांग्रिला बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको बैंकद्वारा जारी एक प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।
    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्