News Portal

  • राष्ट्रिय बीमा कम्पनीकाे सिइओकाे कार्यकक्षमा कालाेपट्टी, चरणबद्ध हड्तालमा उत्रिए कर्मचारी

    आर्थीकसंसार संवाददाता६ साउन, २०८०
    १०४ पटक
    ६ साउन, २०८०

    काठमाण्डाै‌ । सरकारी स्वामित्वकाे निर्जीवन बीमक राष्ट्रिय बीमा कम्पनीका कर्मचारी आन्दाेलनमा छन् । सञ्चालक समिति र कर्मचारी स‌ंघबीच भएकाे सहमति कार्यान्वयन नभएकाे विराेधमा कर्मचारीहरू चरणबद्ध आन्दाेलनमा उत्रिएका हुन् ।

    राष्ट्रिय बीमा कम्पनीका आन्दाेलनरत कर्मचारीले प्रमुख कार्यकारी अधिकृत शेखर बरालकाे कार्यकक्षमा कालाेपट्टी बाँधेर विराेध जनाएका छन् । आन्दाेलनरत कर्मचारीहरु हातमा कालाेपट्टी बाँधेरै विराेध प्रदर्शन गरिरहेका छन् । कर्मचारी यूनियनकाे आन्दाेलनका कारण प्रमुख कार्यकारी अधिकृत बरालले काम गर्न पाएका छैनन् । कर्मचारी विनियमावलीकाे प्रावधानहरूकाे पूर्ण कार्यान्वयन गर्नुपर्ने माग राख्दै नेपाल वित्तीय स‌ंस्था कर्मचारी संघ र राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघले संयुक्तरूपमा चरणबद्ध आन्दाेलन शुरु गरेकाे हाे ।
    २०७९ असाेज ४ गते माग पत्र पेश गरेकाेमा  माग पुरा नभएपछि २०७९ कात्तिक २८ गते २१ दिने अल्टिमेटम दिएकाे थियाे । कर्मचारी युनियनकाे स‌ंयुक्त माग पत्रकाे सम्बन्धमा सञ्चालक समितिकाे २०७९ मंसिर १८ गतेकाे निर्णय अनुसार गठित उपसमितिले सिफारिश गरेकाे सुझाव २०८० साउन १ गतेबाट पूर्ण कार्यान्वयनमा ल्याउने सहमति भएपनि कार्यान्वयनमा व्यवस्थापनले चासाे नराखेकाे भन्दै कर्मचारीले असन्तुष्टी जनाएका छन् ।
    सात दिने आन्दाेलनकाे पहिलाे चरण शनिबारबाट पुरा हुँदैछ। व्यवस्थापन पक्षले चासाे नराखे आइतबारदेखि दाेश्राे चरणकाे आन्दाेलन शुरु गर्ने चेतावनी यूनियनले दिएकाे छ।

    प्रतिकृया दिनुहोस्