News Portal

  • ब्रेक-सुको नाममा ४८० अमेरिकी डलर भन्सार तिरेर छुटाइएको थियो क्वीन्टल सुन

    आर्थीकसंसार संवाददाता४ साउन, २०८०
    १५१ पटक
    ४ साउन, २०८०

    काठमाडौं । हङकङबाट आएको क्याथे प्यासिफिकको जहाजहुँदै गत मंगलबार स्कुटर तथा बाइकको ब्रेक-सु ल्याएको भनेर भन्सार जाँच पास गराइएको थियो ।
    नेपाली कम्पनी रेडी ट्रेडर्सले हङकङबाट १६० वटा ब्रेक-सु ल्याएको जानकारी गराएर भन्सारबाट मंगलबार दिउँदै सामान छुटाएको थियो ।
    तर, ब्रेक-सु भनेर ल्याइएको सामानभित्र करीब एक क्वीन्टल सुन बरामद भएको छ । राजश्व अनुसन्धान विभागले विशेष सूचनाको आधारमा ब्रेक-सु भनेर ल्याएको सुन बरामद गरेको हो ।
    रेडी ट्रेडर्सले भने एक सय किलोग्राम बाराबरको उक्त ब्रेक-सुको भन्सार ४८० अमेरिकी डलर (करीब ६३ हजार रुपैयाँ) राजश्व भुक्तानी गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले प्रति सेट ३ डलरका दरले उक्त वस्तुको भन्सार भुक्तानी भएको बताउँछन् ।
    ‘नियम अनुसार ५ सय डलरभन्दा कमका सामग्रीको प्रतितपत्र (एलसी) अनिवार्य छैन्, सोही व्यवस्था अनुसार ४८० डलरको बस्तुको एलसी खोलिएको छैन’, उनले भने ।
    भन्सार एजेन्ट यादव पराजुलिले उक्त ब्रेक-सु मङ्गलबार दिउँसो १२ बजे प्रत्रापन पत्र भरेका थिए । तर, यादव पराजुलीको कोर्ड बाट राजेन्द्र राईले सो सामग्री छुटाएको कार्यालयले जनाएको छ ।

    सिसिटिभिमा सामग्री गनेको देखियो

    भन्सार जाँचपास भैसकेको ब्रेक-सु भित्र सुन रहेको तथ्य फेलापरेपछि भन्सार कार्यालयले सिसिटीभि फुटेजको अवलोकल गरेको छ ।
    प्रवक्ता खनाल उक्त प्रकरण बाहिरिएपछि सिसिटीभि फुटेज हेर्दा कर्मचारीहरुले कार्टुन नै काटेर गनेको देखिएको बताए । ‘हामीले हेरेको फुटेजमा सिल प्याक भएर आएका साग्रमीको सिल तोडेर गनेको देखिएको छ, संख्या मात्र गनेको देखिएको छ, भित्र के छ हेरेको देखिएन’, उनले भने । उक्त प्रकरणमा संग्लन रहेको आशंकामा राजश्व अनुसन्धान विभागले ६ जनालाई पक्राउ गरिसकेको छ ।
    पक्राउ पर्नेमा दोलखाका रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ छन् । एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका छन् ।

    रेडी ट्रेडर्सका सञ्चालक दीलिप

    ब्रेक-सु को आयातकर्ता कम्पनी रेडी ट्रेडर्स हो । उक्त कम्पनीका सञ्चालक दिलिप भुजेल हुन् । प्रहरीले बुधबार नै २१ वर्षीय भुजेल र उनका मामा पर्ने ५३ वर्षीय रामकुमार भुजेलसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।
    त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको करिब सय किलो सुन जडित ब्रेक-सु ल्याउने कम्पनीका मालिक २१ वर्षीय युवक रहेको पाइएको छ ।
    राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले बुधबार र बिहीबार पक्राउ गरिएका ६ जनालाई म्याद थपका लागि उच्च अदालत पाटन लैजान तयारी भएको बताए ।

    प्रतिकृया दिनुहोस्