News Portal

  • हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड सम्पन्न

    आर्थीकसंसार संवाददाता४ साउन, २०८०
    १२४ पटक
    ४ साउन, २०८०

    काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले विक्री गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले जेठ २२ गतेदेखि असार २५ गतेसम्म ७५ प्रतिशत दरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गरेको थियो । सो अवधिसम्म रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई १ करोड ४ लाख २२ हजार ७८९ कित्ता हकप्रद शेयर साउन ३ गते बाँडफाँड गरिएको हो ।
    कम्पनीले विक्री गरेको हकप्रद शेयर १५ करोड ७७ लाख २११ कित्ता भने विक्री हुन नसकेको कम्पनीले जनाएको छ । वितरण हुन नसकेको उक्त शेयर लिलमीमा विक्री गरिनेछ ।
    कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको हकप्रद शेयर विक्री गरेको हो ।
    सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरेको थियो ।
    कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्