News Portal

  • सहकारी बैंकका सबै शाखा मार्फत अब सहजै रेमिट्यान्स् प्राप्त गर्न सकिने

    आर्थीकसंसार संवाददाता२ साउन, २०८०
    ४३३ पटक
    २ साउन, २०८०

    काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै राष्ट्रिय सहकारी बैंकमा आबद्ध हजारौँ सहकारीका सदस्यहरूले विभिन्न सहकारी मार्फत नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहजै भुक्तानी पाउन सकिन्छ ।
    रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँले हस्ताक्षर गरे ।
    रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने ‘रेमिट्यान्स् बजारमा राष्ट्रिय सहकारी बैंकसँग हाम्रो आबद्धता हुनु हाम्रा लागि अझ बढि गौरवको विषय हो । यसबाट विभिन्न सहकारीमा आवद्ध सदस्यहरूले आफु आवद्ध सहकारी मार्फत नै रेमिट्यान्स् भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ ’ ।
    यस्तै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईँले भने ‘नेपाल रेमिटजस्तो लामो इतिहाँस भएको रेमिट्यान्स् कम्पनीसँग हाम्रो आबद्धता हुनु भनेको हाम्रा लागि पनि खुशीको कुरा हो । अबदेखि राष्ट्रिय सहकारी बैंकका कुनै पनि शाखाबाट नेपाल रेमिट मार्फत पठाएको रकम प्राप्त गर्न सक्नुहुनेछ’ ।
    नेपालको पुरानो र विश्वसनिय रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । रेमिट्यान्स् सेवा सहकारीहरूमा समेत विस्तार हुँदा नेपालमा रेमिट्यान्स मार्फत देशको अर्थतन्त्र सुदृढिकरणमा थप टेवा पुग्ने नेपाल रेमिट इन्टरनेशनलका नायब महाप्रबन्धक देव बहादुर थापाले जानकारी दिए ।
    राष्ट्रिय सहकारी बैंकमा हाल ७५ जिल्लाका करिब ७ हजार ३ सय सहकारी संघ संस्था सेयर सदस्य छन् । ३३ शाखा र १ केन्द्रीय कार्यालय गरी ३४ स्थानबाट ६६ करोड भन्दा बढी सेयर पूँजि संकलन, ८ अर्ब निक्षेप संकलन, करिब ५ अर्व कर्जा लगानी र करिब १० अर्बको कारोबार भैरहेको छ । बैंकले पछिल्लो समय कृषि र विपन्न वर्ग कर्जामा विशेष प्राथमिकता दिदै आएको छ । यो क्षेत्रमा करिब २ अर्ब लगानी रहेको छ ।

    प्रतिकृया दिनुहोस्