News Portal

  • प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन, को को बने सञ्चालक ?

    आर्थीकसंसार संवाददाता१ साउन, २०८०
    १४० पटक
    १ साउन, २०८०

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन चयन भएको छिन् । कम्पनीको आज साँझ साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई चयन गर्ने निर्णय गरेको हो ।
    मर्जर कमिटले यस भन्दा अगाडी छनोट गरेका सञ्चालकमा सामान्य हेरफेर भएको छ । साविक प्रभु लाइफको तर्फबाट संस्थापक समुहबाट अध्यक्ष शिक्षा भट्टचन सहित सुसन भट्टचन चयन भएका छन् भने साविक महालक्ष्मी लाइफको तर्फबाट सुरेश सापकोटा र उमेश लाल श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् ।
    सर्वसाधारण शेयरधनीहरुको तर्फबाट शंकर गौतम र ज्योति शेरचन रहेका छन् । कम्पनीले अव स्वतन्त्र सञ्चालक मात्रै नियुक्त गर्न बाँकी रहेको छ । दुई कम्पनीले गत असार २९ गते एकिकृत कारोबारको शुभारम्भ गरेका थिए ।

    प्रतिकृया दिनुहोस्