News Portal

  • देशभर थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७७
    ११६९ पटक
    ५ कार्तिक, २०७७

    काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । पछिल्लो बितेको २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी दिएका हुन् ।
    गौतमका अनुसार हाल संस्थागत आइसोलेशनमा १४ हजार ६ सय ७६ र होम आइसोलेशनमा २९ हजार ८ सय जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा २० हजार १ सय १८ जनाको पीसीआर परीक्षण भएको छ भने यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ संक्रमित निको भएसँगै निको हुनेको कुल संख्या ९९ हजार ६ सय ५ पुगेको र कोरोनाबाट थप २६ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ सय ९१ पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्