News Portal

  • सिटिजन्स बैंकका ग्राहकले मिडाट हस्पिटलको सेवामा छुट पाउने

    आर्थीकसंसार संवाददाता२७ असार, २०८०
    १६७ पटक
    २७ असार, २०८०

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लगनखेल, ललितपुर स्थित मिडाट हस्पिटल प्रा.लिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मिडाट हस्पिटलमा १० प्रशिततसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्