News Portal

  • सिटिजन्स बैंकका ग्राहकले थ्रिडी आर्ट म्युजियममा आकर्षक छुट पाउने

    आर्थीकसंसार संवाददाता२६ असार, २०८०
    १९३ पटक
    २६ असार, २०८०

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र इमाडोल तथा राधे राधे स्थित थ्रिडी आर्ट म्युजियम प्रालिबीच सम्झौता भएको छ । बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
    यस समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले थ्रिडी आर्ट म्युजियममा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्